
काठमाडौँ — काठमाडौँ — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाइरहेका छन्। करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशुले मानव जातिलाई प्रेम, शान्ति र मुक्तिको सन्देश दिएको छ ।
क्रिसमस डे प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइन्छ। नेपालमा विसं २०६३ पछि क्रिसमसलाई महोत्सवका रूपमा मनाउन थालिएको हो। यस अवसरमा आज ‘क्रिसमस महोत्सव २०८२’ आयोजना हुँदैछ। विसं २०७८ देखि क्रिसमस डे सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ। ठमेल, बौद्ध, पोखरा र सौराहालगायत सहरहरूमा क्रिसमसको विशेष रौनक देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे