
काठमाण्डौ। डा. बाबुराम भट्टराई भारत भ्रमणबाट आज स्वदेश फर्किएका छन्। मुम्बइस्थित सुप्रसिद्ध प्रविधि ज्ञानकेन्द्र आईआईटीको टेकफेस्टमा उनले “दक्षिण एशियामा लोकतन्त्रको भविष्य: युवा, प्रविधि र समावेसी लोकतन्त्र” विषयमा विद्वत् प्रवचन दिएका थिए। त्यसैगरी, दिल्लीमा आयोजित “भारत–नेपाल सम्बन्ध र नेपालको लोकतान्त्रिक भविष्य” विषयक वृहद् सर्वपक्षीय अन्तरसम्वादमा समेत उनी सहभागी भएका थिए।
डा. बाबुराम भट्टराईले दिल्लीमा आयोजित कार्यक्रममा भारतका अग्रणी राजनीतिज्ञ, कुटनीतिज्ञ, बौद्धिक, पत्रकार र युवासँग नेपाल–भारत सम्बन्ध, नेपालको वर्तमान अर्थ–राजनीति, जेन–जी विद्रोह र भावी राजनीति लगायतका विषयमा आफ्नो प्रस्तुती दिए। स्वदेश फर्किंदा डा. भट्टराईले भने , सानै भए पनि नेपालको तर्फबाट वर्तमान संकटग्रस्त समयमा अन्तर्राष्ट्रिय वैचारिक विमर्श र दिशानिर्देशनमा योगदान गर्न पाउँदा अत्यन्त सन्तोषको अनुभूति भएको छ। साथै नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध विकासमा केही नयाँ इँट्टा थपिएको र यो सिलसिला अझै उच्च स्तरमा उठाउनुपर्ने आवश्यकताबोध पनि व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे