
काठमाडौँ — गृह मन्त्री ओमप्रकाश अर्यालले सुर्खेतमा कर्णाली प्रदेश सरकारसँगै आयोजित सुरक्षा गोष्ठीमा निर्वाचन लोकतन्त्रको आधार र सुशासन कायम गर्ने अपरिहार्य माध्यम भएको बताएका छन्। उनले भने, “निर्वाचनबिना सुशासन सम्भव छैन र देश अस्थिरतामा जान सक्छ।”
मन्त्री अर्यालले भर्खरै भएको जेनजी आन्दोलनले युवालाई राजनीतिमा मूलधारमा ल्याएको उल्लेख गर्दै नयाँ पुस्ताका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनले निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने र निर्धारित मितिमा स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव हुने बताए।
गोष्टिमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल केडेलले निर्वाचनका लागि प्रदेश सरकारले संघीय सरकारलाई सहयोग गर्न तत्परता जनाएका भए पनि राजनीतिक वातावरण तयार नहुँदा चुनौती हुने बताए। प्रदेशका सुरक्षा निकाय र जिल्लाका सुरक्षा पदाधिकारीहरूले प्रदेशगत चुनौती र तयारीबारे छलफल गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे