
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा आगलागीबाट क्षतिग्रस्त नेकपा एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनीहरूले आगलागीबाट भएको क्षति, सुरक्षा अवस्था र पुनःस्थापनाका सम्भावित उपायबारे जानकारी लिएका थिए।
अनुगमन टोलीलाई एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव योगेश भट्टराईलगायत पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका थिए। सो अवसरमा नेताहरूबीच हालैको घटनापछि पार्टी र सरकारबीच समन्वय, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
सरकारी मन्त्री तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको संयुक्त अनुगमनलाई पार्टी–सरकारबीच देखिएको दूरी घटाउँदै विश्वास र सहकार्य मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण मात्र होइन, राजनीतिक स्थायित्व र संस्थागत समन्वय सुदृढ गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे