
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन्। यसअन्तर्गत नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेतासँग बैठक तय भएको छ।
राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता हुनेछ। छलफल राष्ट्रपति भवन शीतल निवासमा हुनेछ।
पूर्वप्रधानमन्त्रीहरूसँग हुने यस छलफलको एजेन्डा सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार आजको बैठकमा फागुन २१ गते हुन लागेको बारे छलफल हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे