
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रभित्र भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ विद्यालयलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। विगतमा अनुमति पाए पनि हाल विद्यालय खुलेर पढाइ गरिरहेका छैनन् भन्ने पाइएकोले यस्तो कदम चालिएको हो। महानगरपालिकाले ती विद्यालयलाई १५ दिनभित्र आफूहरूसँग सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न निर्देशन दिएको छ।
निर्धारित समयमा सम्पर्क नगरेको खण्डमा ती विद्यालयको अनुमति खारेज गरी बन्द गर्न सिफारिस गरिने बताइएको छ। महानगरले अनधिकृत वा नाममात्रका विद्यालय हटाएर शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको छ। यस सूचनाले विद्यालय सञ्चालक, प्रधानाध्यापक र व्यवस्थापकलाई सचेत गराउने उद्देश्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे