
काठमाडौं । नेपालमा आसन्न निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय कूटनीतिक गतिविधिमा नयाँ हलचल देखिएको छ। अमेरिका र चीनले नेपालस्थित आफ्ना राजदूतलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेपछि कूटनीतिक वृत्तमा चासो बढेको छ।
स्रोतका अनुसार अमेरिकी राजदूत डिन आर. थम्पसन माघ महिनाको पहिलोदेखि दोस्रो साताभित्र आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्किने तयारीमा हुनुहुन्छ। त्यसअघि नै चीनले पनि नेपालका लागि आफ्नो राजदूत छन सोङलाई फिर्ता बोलाइसकेको छ, जसले दुई प्रमुख शक्ति राष्ट्रको कूटनीतिक चाललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस्तै, भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव स्वास्थ्य समस्याका कारण हाल सक्रिय कूटनीतिक भूमिकामा देखिनु भएको छैन। यस अवस्थाले क्षेत्रीय कूटनीतिक सन्तुलन र नेपालसँग सम्बन्धित बहुपक्षीय गतिविधिमा थप प्रश्नहरू उठाएको छ।
विश्लेषकहरूका अनुसार निर्वाचन नजिकिँदै गर्दा अमेरिका र चीनको यस्तो कदम सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई नेपाल–केन्द्रित भूराजनीतिक पुनर्मूल्यांकनसँग पनि जोडिन सक्ने सम्भावना रहेको छ। यद्यपि सम्बन्धित देशहरूले औपचारिक रूपमा यस निर्णयलाई नियमित कूटनीतिक प्रक्रिया मात्र बताएका छन्।
नेपालको आन्तरिक राजनीतिक परिवर्तन र क्षेत्रीय शक्ति सन्तुलनको सन्दर्भमा विकसित यी घटनाक्रमलाई आगामी दिनमा थप स्पष्टताका साथ मूल्याङ्कन गरिने कूटनीतिक जानकारहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे