
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले अब विपद् आएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुने पुरानो सोच परिवर्तन गरेको बताए। उनका अनुसार सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ। सोमबार खुमलटारस्थित इसिमोडमा आयोजित दुई दिने राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भूकम्प, बाढी, पहिरो जस्ता धेरै प्रकारका विपद् जोखिममा रहेको देश भएकाले समयमै जानकारी र तयारी अनिवार्य रहेको बताएका हुन।
उनले भने, विपद् कहिले आउन सक्छ भन्ने सही पूर्वानुमान, भरपर्दो सूचना प्रणाली र जोखिमबारे स्पष्ट जानकारी भए धेरैको ज्यान जोगाउन सकिन्छ। सरकारले यी विषयलाई नीति र कानुनमार्फत समेट्दै आएको पनि उनले उल्लेख गरे। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले संघ, प्रदेश र स्थानीय तहलाई पूर्वसूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। मन्त्री अर्यालले विपद् अघि गरिने तयारी र सही निर्णयले ठूलो क्षति कम गर्न सक्ने भन्दै यस क्षेत्रमा नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बतागृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले अब विपद् आएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुने पुरानो सोच परिवर्तन गरेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे