
काठमाडौँ । भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। प्रारम्भिक बन्द प्रशिक्षण सोमबारबाट सुरु हुनेछ।
प्रशिक्षण टोलीमा नेपाल प्रिमियर लिग (एनपिएल) मा राम्रो प्रदर्शन गरेका युवा खेलाडी शेर मल्लसँगै अनुभवी विनोद भण्डारी पनि समावेश छन्। साथै अविनाश बोहरा, प्रतिश जीसी, इशान पाण्डे र बसिर अहमदलाई पनि प्रशिक्षणमा अवसर दिइएको छ।
छनोट भएका खेलाडीहरूमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसीलगायत रहेका छन्।
नेपाल यसपटक विश्वकपको समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश र इटलीसँग प्रतिस्पर्धा हुनेछ। नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे