
काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर. थम्पसनले आज नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा नेपालमा हाल देखिएको समग्र आर्थिक अवस्था, वित्तीय क्षेत्रको स्थायित्व तथा लगानी वातावरणका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुबै पक्षबीच आर्थिक सुधार, निजी क्षेत्र प्रवर्द्धन र नेपालमा अमेरिकी लगानीको सम्भावनाबारे समेत विचार–विमर्श भएको बताइएको छ।
छलफलमा नेपालमा लगानीमैत्री वातावरण सुदृढ गर्ने उपाय, आर्थिक वृद्धिलाई सहयोग पुग्ने नीतिगत प्राथमिकता तथा द्विपक्षीय आर्थिक सहकार्यका सम्भावित क्षेत्रहरूबारे साझा समझदारी विकास भएको स्रोतले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे