
झापा – कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाका दुई स्थानीय स्वास्थ्य केन्द्रलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकले दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्ले लाई १–१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर उपलब्ध गराएको हो।
उक्त सामग्री बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल ले दमक–५ का वडा अध्यक्ष इन्द्र गुरुङ तथा कमल–५ का वडा अध्यक्ष लालबहादुर बिष्ट लाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।
वडा अध्यक्षद्वय गुरुङ र बिष्टले बैंकको सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्दै, स्थानीय तहको स्वास्थ्य सेवामा सहयोग पुर्याएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा बैंकका कर्मचारीहरू, सम्बन्धित वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनमा पनि समुदाय केन्द्रित यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे