
काठमाडौं। नेपाल–अमेरिका एलुम्नी नेटवर्कले ‘अलुम्नी एण्टरप्रेन्योरशिप मेला’ सफलतापूर्वक आयोजना गरेको छ। यस मेलाले नवप्रवर्तन, सहकार्य, र अमेरिकी सरकारको एक्सचेन्ज प्रोग्रामका पूर्व–विद्यार्थीहरूले नेपालमा आर्थिक प्रभाव बढाउँदै आएको दृष्टान्त प्रस्तुत गरेको छ।
सांस्कृतिक तथा सार्वजनिक संलग्नता अधिकारी एरिका अलेक्ज्याण्डरले कार्यक्रममा बोल्दै अमेरिकाबाट फर्किएका एलुम्नीहरूले नयाँ व्यवसायिक अवसर, रोजगारी सिर्जना, र समुदायमुखी नवप्रवर्तनमार्फत अर्थतन्त्रलाई कसरी सशक्त बनाइरहेका छन् भन्ने बारेमा प्रकाश पारेकी थिइन्।
मेलामा २० भन्दा बढी अमेरिकी एक्सचेन्ज प्रोग्रामका एलुम्नीले आफ्ना व्यवसाय प्रदर्शन गर्ने अवसर पाएका थिए। सहभागीहरूले एकअर्कासँग व्यवसायिक सम्बन्ध निर्माण गरेका थिए र नेपाली बजारमा नयाँ साझेदारीका अवसर खोज्ने मौका पाएका थिए।
उद्यमी मेलामा १५०० भन्दा बढी सहभागी उपस्थित थिए जसले डिजिटल रूपान्तरण, उदीयमान बजार प्रवृत्ति, र नेपालको अनुकूल व्यवसायिक वातावरणबारे विशेषज्ञ र सरकारी प्रतिनिधिहरूबाट जानकारी लिएका थिए।
अमेरिकी सरकार नेपालको उद्यमशील व्यवसायिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिवद्धतामा रहेको छ, जसले नयाँ साझेदारी, प्रविधि आदान–प्रदान, र नेपाली बजारमा व्यवसाय विस्तारका अवसर सिर्जना गर्न मद्दत गर्दछ।
मेलामा सहभागी प्रमुख संस्थाहरू: नबिल बैंक, एफ१सफ्ट, इन्टरनेशनल क्लब, किंग्स कलेज, यंग इनोभेसन्स, स्वोटिश्री गुरुकुल, र स्टुडियो डेन्टाले रहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे