
काठमाडौं। आज मिति २०८२ साल पौष २ गते भारतको नयाँ दिल्लीमा जारी दोस्रो विश्व स्वास्थ्य सङ्गठनको ‘विश्व परम्परागत चिकित्सा शिखर सम्मेलन’ मा सहभागी हुने क्रममा नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतम र भारतका स्वास्थ्य मन्त्री जे.पी. नड्डाबीच महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपाल र भारतबीच स्वास्थ्य पूर्वाधार विकास, डिजिटल स्वास्थ्य प्रणाली विस्तार, र अत्यावश्यक औषधिको आपूर्ति प्रक्रिया थप सहज र प्रभावकारी बनाउने विषयमा गहिरो छलफल भएको जनाइएको छ। साथै, दुवै देशले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र कार्यक्षमता बढाउन आपसी सहकार्यलाई अझ मजबूत बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।
छलफलको क्रममा परम्परागत चिकित्सा प्रणाली, प्रविधिमैत्री स्वास्थ्य सेवा, र महामारी तथा आपतकालीन अवस्थाहरूमा सामंजस्यपूर्ण कार्य गर्ने विषयमा पनि साझा सहमति बनेको स्रोतले बताएको छ।
यस भेटवार्ताले नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने, साथै दुवै देशका नागरिकको स्वास्थ्य हितका लागि दीर्घकालीन फाइदा हुने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे