
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए। साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्। साम्पाङले भनेका , म गलतलाई गलत नै भन्ने मान्छे हो। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई कारबाही हुनैपर्छ। तर यदि निर्दोष हुनुहुन्छ भने उहाँलाई दुःख दिन पाइँदैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे