
काठमाडौँ – संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डा विश्वव्यापी रूपमा अङ्गीकृत भएको ऐतिहासिक दिनको सम्झनामा आज (मंगलबार) आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय झण्डाको सम्मान र संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
हरेक वर्ष पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाइँदै आएको छ। यस अवसरमा काठमाडौँको ऐतिहासिक बसन्तपुर दरबार स्क्वायरमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर र्याली गरेका थिए। र्यालीमार्फत राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको महत्वबारे जनचेतना फैलाइएको आयोजकले जनाएको छ।
आयोजक संस्थाका अनुसार राष्ट्रिय झण्डा केवल पहिचानको प्रतीक मात्र नभई राष्ट्रको इतिहास, गौरव र स्वतन्त्रताको द्योतक भएकाले यसको सम्मान र संरक्षण सबै नेपालीको साझा दायित्व हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, सर्वसाधारण र युवा सहभागिता रहेको थियो।
Photo: Nepal Photo Library
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे