
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नतिजा उपलब्ध गराएको हो।
आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ विद्यार्थीमध्ये ३ हजार ५४० जना सफल भएका छन्। यसरी दुवै परीक्षामा सहभागी १३ हजार ९१० विद्यार्थीमध्ये कुल ९ हजार ४५६ जनाले उत्तीर्ण गरेका छन्। बोर्डका अनुसार दुई जनाको परीक्षा रद्द गरिएको छ।
नतिजा बोर्डको आधिकारिक वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिनेछ। साथै, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर वा १६०० तथा ८१६०१३ डायल गरी निर्देशनअनुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे