
काठमाडौँ । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। उनले संसद् विघटन र पुनःस्थापनाबारे दलहरूको धारणा बुझ्न बैठक बोलाएका हुन्।
सभामुखले १० राजनीतिक दललाई बैठकमा बोलाए पनि केवल ६ दल मात्र सहभागी भए। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र जसपाका प्रतिनिधि उपस्थित भए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अनुपस्थित रहे।
सभामुख घिमिरे संसद् पुनःस्थापनाको माग लिएर अदालत जानु पर्ने कि नपर्ने भन्ने विषयमा दलहरूको राय संकलन गर्न चाहिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे