
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयात र विप्रेषण (रेमिट्यान्स) सम्बन्धी नियमहरूमा केही परिवर्तन गरेको छ। अबदेखि प्रतिदिन नेपालमा आयात गर्न पाउने सुनको मात्रा २० किलोबाट बढाएर २५ किलो बनाइएको छ। यसअघि व्यापारीहरूले दैनिक २० किलो मात्र आयात गर्न पाउँथे, तर बजारमा माग बढेकाले केन्द्रीय बैंकले सीमा बढाएको हो।
त्यस्तै, विदेशबाट पठाइने पैसा (रेमिट्यान्स) सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ। अब नेपालमा ल्याउन पाउने रकमको सीमा २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ। यसका लागि विप्रेषण कम्पनीहरूले पैसा पठाउने वा बुझ्दा आवश्यक कागजात लिएर मात्र कारोबार गर्नुपर्ने नियम कायम राखिएको छ। अब नेपालले बढी सुन आयात गर्न पाउनेछ र विदेशबाट आउने पैसाको सीमा पनि बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे