
काठमाडौं — त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका उत्तर पुस्तिकाका विद्यार्थीहरूको पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
भदौ २२ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा र मौका परीक्षाका उत्तर पुस्तिकाहरू जलेर नष्ट भएका थिए। करिब ६५० जना विद्यार्थीका उत्तर पुस्तिका क्षतिग्रस्त भएको अनुमान छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार अनारमनी (झापा), चन्द्रनिगाहपुर (रौतहट) र नारायणपुर (दाङ)का परीक्षा केन्द्रमा परीक्षाहरू रद्द भएका थिए। विश्वविद्यालयले प्रभावित विद्यार्थीहरूका लागि पुनः परीक्षा लिन तयारी गरेको छ।
यस निर्णयअनुसार नष्ट भएका उत्तर पुस्तिकाका विद्यार्थीहरूले अब तय मितिमा परीक्षा दिन सक्नेछन्। विश्वविद्यालयले पुनः परीक्षा मार्फत सबै विद्यार्थीको मूल्याङ्कन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे