
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता भेटघाट सुरु गरेका छन्। अहिले उनी भक्तपुरको गुण्डूमा भाडाको घरमा बसिरहेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली अहिले सैनिक सुरक्षा घेराभित्र छन्। बालकोटस्थित उनको पुरानो घरमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डू सरेका हुन्।
गुण्डूमा नै बसोबास गर्दै आएका ओलीले घरमै कार्यकर्ता र नेताहरूसँग भेटघाट थालेका छन्। भेटघाटका क्रममा उनले भने केही औपचारिक प्रतिक्रिया दिएका छैनन्।
राजीनापछि ओली पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्, यद्यपि राजनीतिक गतिविधिमा उनी अझै सक्रिय रहने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे