
काठमाडौँ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। उहाँले विभिन्न राजनीतिक दलका तर्फबाट एक(एक जना सांसदले सोधेका प्रश्नको उत्तर दिएपछि बैठक कक्षबाट बाहिरिनुभयो।
प्रधानमन्त्री बाहिरिएलगत्तै केही सांसदहरूले आफूहरूले पनि बोल्ने अवसर पाउनुपर्ने भन्दै असन्तुष्टि जनाए। विशेष गरी ऐन महर लगायतका सांसदहरूले समय माग्दै विरोध गरेपछि सदनको वातावरण केही तनावपूर्ण बनेको थियो।
स्थिति असहज हुन थालेपछि सभामुखले हस्तक्षेप गर्दै सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न आग्रह गर्नुभयो। उहाँले ध्रुव राई र अन्य केही सांसदहरूको व्यवहार संसदीय नियम र शिष्टाचारअनुसार नभएको भन्दै ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी, आरेन राईलाई पनि सदनमा प्रयोग गरिने भाषा र अभिव्यक्ति संयमित तथा मर्यादित बनाउन सुझाव दिइयो। केही समय विवाद र बहस चले पनि सभामुखको हस्तक्षेपपछि बैठकलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे