
काठमाडौँ — कक्षा १२ को पूरक परीक्षा (मौका परीक्षा) आज मंगलबारदेखि सुरु हुँदैछ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण हिंसात्मक भएपछि सरेको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा दुई दिन — आज (मंगलबार) र भोलि (बुधबार) सञ्चालन हुनेछ। परीक्षा बिहान ११ बजे सुरु भएर दिउँसो २ बजेसम्म चल्नेछ।
आजको दिन अनिवार्य अंग्रेजी विषय र अन्य एक विषयको मात्र पूरक परीक्षा दिने विद्यार्थीहरूले परीक्षा दिनेछन्। जसले दुई विषयको पूरक परीक्षा दिन लागेका छन्, उनीहरूले आज कोड नम्बर कम भएको विषयको परीक्षा दिनेछन्।
यदि कसैले अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयको पूरक परीक्षा दिन लागेका छन् भने उनीहरूले आज अंग्रेजी र भोलि नेपालीको परीक्षा दिनेछन्।
यस वर्ष कक्षा १२ को नतिजा साउन १९ गते प्रकाशित भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे