
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’ पुनले आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नै पर्ने ठोक काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न भनेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी छन् ।
उनको सन्देशले औपचारिकताभन्दा कामलाई प्राथमिकता दिने सोच झल्काउँछ, जसले आगामी दिनमा विज्ञान र प्रविधि क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे