
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा लागेका युवाहरुलाई संयमित भएर अघि बढ्न सुझाव दिएका छन्। आन्दोलन सुरु भएपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै थापाले संविधानको महत्व र त्यसको सीमाभित्रै रहेर परिवर्तनको माग राख्नुपर्नेमा जोड दिएका हुन्।
उनले जेन–जीको जोश र हुटहुटीलाई सकारात्मक तरिकाले प्रयोग गर्न आग्रह गरे। “संविधान नै नमान्ने हो भने हाम्रो अधिकार कसरी सुरक्षित हुन्छ?” उनले भने, “संविधान भित्रै रहेर परिमार्जन, सुधार र नेतृत्व परिवर्तन सम्भव छ।”
थापाले चेतावनी दिए— यदि समाधान खोज्दा संविधानभन्दा बाहिर जान थालियो भने स्थिति सम्हाल्न गाह्रो पर्न सक्छ। उनले युवाहरूलाई बिग्रन नदिई आफैंले देशको भविष्य सम्हाल्नुपर्ने जिम्मेवारीबोध गराए।
थापाले गलत गर्नेहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्ने बताए। साथै, उनले राजनीतिक दलका तर्फबाट भएका गल्तीका लागि माफी माग्दै सुधार गर्ने वाचा पनि गरे। उनको सन्देश थियो— “संविधानलाई जोगाएरै परिवर्तन सम्भव छ, त्यसैले यो जोशलाई जिम्मेवारीका साथ अगाडि बढाऔं।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे