
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई आवश्यक सेवा नरोकिने गरी सीमित कर्मचारीमार्फत काम गर्न आग्रह गरेको छ। भदौ २५ गतेदेखि लागू भएको निषेधाज्ञालाई ध्यानमा राख्दै, अत्यावश्यक बैंक सेवा र डिजिटल भुक्तानी सेवा निरन्तर दिन निर्देशन दिइएको हो।
राष्ट्र बैंकका अनुसार, संवेदनशील प्रणालीहरू सीमित जनशक्तिबाट सञ्चालन गर्नुपर्छ भने अन्य प्रणालीहरू भने जोखिम मूल्याङ्कन गरेर घरबाट (रिमोट) सञ्चालन गर्न मिल्नुपर्ने व्यवस्था गर्नुपर्नेछ। साथै, कुन शाखा खुला छ, एटीएमहरू सञ्चालनमा छन् कि छैनन्, र कुन सेवा उपलब्ध छन् भन्ने जानकारी बैंकले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत आम नागरिकलाई दिनुपर्नेछ। यसले गर्दा नागरिकले कठिन समयमा पनि आवश्यक बैंक सेवा पाउन सकून्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे