
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुर ढोलाहिटीस्थित निवासमा आगजनी भएपछि एक पुरुषको जलेको शव फेला परेको छ।
मंगलबार आन्दोलनकारीहरूले घरमा आगजनी गरेका थिए। त्यसपछि जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन्।
उनका अनुसार मृतकको पहिचान खुलेको छैन। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। सुरक्षा निकायले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे