
काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहेको छ र मनसुनको प्रभावका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। बुधबार दिउँसो र राति देशभर सामान्यतया आकाश ढाकिएको रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।
यसका कारण पहिरो, खोला नाला र नदीमा पानीको बहाव बढ्नसक्ने, तथा केही स्थानमा डेब्रिज फ्लो (माटो-पानीको बगाहा) हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ। यातायातमा पनि असर पर्न सक्ने भएकाले महाशाखाले स्थानीय बासिन्दा र यात्रुहरूलाई सावधानी अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे