
काठमाडौं। सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले राज्यका सबै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिएका छन्। आन्दोलनको दोस्रो दिन उनीहरूले यी तीनै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोडसमेत गरेका छन्।
आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्। परिस्थितिलाई आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको स्वीकार गर्दै सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरूले एक संयुक्त अपिल जारी गरेका छन्।
उनीहरूले वार्ताको माध्यमबाट समाधान खोज्न र पछिल्लो परिस्थितिलाई निकास दिन आग्रह गरेका छन्। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरी अर्बौंको भौतिक क्षति गरिसकेका छन्।
प्रदर्शनकारीहरूले सिंहदरबार, मन्त्रालय परिसर, र स्थानीय प्रशासनिक भवनहरूमा समेत जबर्जस्ती प्रवेश गरेका छन्। यस्ता घटनाले नागरिकको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको विज्ञहरूले बताएका छन्।
अहिलेसम्म सरकारको नियन्त्रण कमजोर देखिँदा आम नागरिक, राजनीतिक दल, र सुरक्षासम्बन्धी निकायहरूबीच गहिरो चिन्ता छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे