
काठमाडौँ — ललितपुर प्रशासनले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कर्फ्यु समय थप गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८ र २५ का केही क्षेत्रहरूमा कर्फ्यु जारी गरिएको हो।
भैंसेपाटी, चोभार, एकान्तकुना, सानेपा, बल्खु, मनमोहन पार्क, च्यासलजस्ता ठाउँहरू कर्फ्युको दायरामा परेका छन्। यी स्थानहरूमा कुनै पनि सभा, प्रदर्शन, जुलुस वा भिडभाड गर्न नपाइने आदेश दिइएको छ।कर्फ्यु क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ र प्रशासनले सबैलाई नियम पालना गर्न आग्रह गरेको छ। जनतालाई आवश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे