
काठमाडौँ । हाल मनसुनको असर अझै देखिएको छ। मौसम विभागका अनुसार मनसुनको रेखा पश्चिममा सामान्यभन्दा दक्षिणतिर र पूर्वमा सामान्य स्थानमा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्नेछ भने अन्य ठाउँमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी तथा केही तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ र कोशी, बागमती, गण्डकीका पहाडी भागसहित अन्य केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कतिपय स्थानमा भारी वर्षा पनि हुनसक्ने भएकाले पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र खोलानालामा पानीको सतह बढ्ने जोखिम रहेको बताइएको छ।
यात्रा गर्दा सावधानी अपनाउन, सतर्क रहन र पूर्वतयारी गर्न मौसम विभागले सबैलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे