
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आज हुने भनिएको जेनजीको प्रदर्शनमा समर्थन जनाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै जेनजीको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका हुन् । उनले घुसपैठबाट सचेत हुन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन् , ‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुस्ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ सभापति लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’जेनजी पुस्ताले पनि भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दको विरोध ल गायत विषय उठाउँदै आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला विरोध प्रदर्शन गर्दैछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे