
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५, बाँदरे मोडमा बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्। धादिङको ताल्तीबाट विदाङतर्फ जाँदै गरेको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको तेल ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको हो। बसमा सवार सबै घाइते चेपाङ समुदायका व्यक्तिहरू रहेका छन्।
उनीहरू न्वागी पर्व मनाउन ताल्तीबाट विदाङतर्फ जाँदै गरेका थिए। घाइतेहरूको मलेखुस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । १५ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे