
कठमाडौँ । नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ का ४५ वर्षीया महिला रहेका छन् । जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो ।
बिषेश गरि झरि वर्षादसंगै धान खेत,बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा समेत लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाईटसको संकमण फैलने बिज्ञहरू बताउछन् । जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिए पछि सम्बन्धित पालिकाहरूले सूचना निकालेर नगरबासीहरूलाई लामखुट्टे टोकाईबाट बच्न र घर वरपर सरसफाइ राख्न अनुरोध गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे