
काठमाडौं । अहिले मनसुन कमजोर भएकाले देशभर सामान्य बादल लागेको छ। मौसम विभागका अनुसार आज (शुक्रबार) दिउँसो र राति देशभर बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भागमा एक-दुई ठाउँमा भारी वर्षा पनि हुन सक्छ।
मौसम विभागले भारी पानीका कारण पहिरो जान सक्ने, खोलानालामा पानीको सतह बढ्न सक्ने, र सडक यातायात प्रभावित हुनसक्ने जनाएको छ। त्यसैले जोखिमयुक्त स्थानमा बस्ने नागरिकलाई सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
सामान्यतः देशभर ठूलो असर नपरे पनि पहाडी र तराईका केही क्षेत्रमा मौसम अस्थिर रहने भएकाले खबरदारी अपनाउनु जरुरी छ। मौसम परिवर्तनको ख्याल गरी यात्रा तथा अन्य गतिविधि गर्न मौसम विभागले सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे