
काठमाडौँ , १८ भदौ । अमेरिकाले डिपोर्ट गरेका थप ३७ जना नेपाली आज दिउँसो काठमाडौं आइपुग्ने भएका छन्। उनीहरूलाई ओम्नी एयरको चार्टर विमानमार्फत ‘उडान नम्बर N828AX’ बाट नेपाल पठाइएको हो। यी नेपालीहरूलाई अमेरिकी अध्यागमन (ICE) ले त्यहाँको कानुन उल्लंघन गरेको भन्दै पक्राउ गरी देश निकाला गरेको हो। राहदानी नभएकाहरूलाई वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यात्रा अनुमति (ट्राभल डकुमेन्ट) दिएको थियो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएपछि गैरकानुनी रूपमा बसेका आप्रवासीहरूलाई कडाइका साथ फिर्ता पठाउने नीति सुरु गरिएको हो। जनवरी २०२५ मा ट्रम्पले पदभार सम्हालेयता हालसम्म २१५ नेपालीलाई अमेरिका फर्काइ सकेको छ। यसअघि फागुन २१ मा ८ जना र जेठ २४ मा ३७ जना नेपाली चार्टर फ्लाइटमार्फत फर्काइएका थिए।
त्यसबाहेक १७० जना नेपाली नियमित उडानबाट फर्किएका छन्। डिपोर्ट हुनेहरूमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका रहेका छन्। सन् २०१५ पछि अमेरिका छिरेका र डिपोर्ट आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरू अहिले धरपकडमा परिरहेका छन्। अमेरिकाले नेपालसहितका देशबाट गएका १४ लाखभन्दा बढी आप्रवासीलाई निष्कासनको सूचीमा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे