
काठमाडौँ — मंगलबार नेपालमा तीन स्थानमा भूकम्प गएको छ। राति ११:२३ बजे सिन्धुपाल्चोकको तारामराङ आसपास ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बिहान ६:१५ मा गोरखाको अजिरकोट–३ हंशपुर र दिउँसो ३:१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर क्रमशः ४ र ४.१ म्याग्निच्यूडका भूकम्प गएको हो। आसपासका क्षेत्रमा धक्का महसुस गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे