
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (SCO) प्लसको शिखर सम्मेलन सकेर रेलमार्ग हुँदै चीनको बेइजिङ पुगेका छन्। थियानजिनबाट रेलमार्गमार्फत यात्रा गर्दै बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँको रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए।
प्रधानमन्त्री ओली चीन सरकारद्वारा आयोजना गरिएको फासिवादविरुद्धको दोस्रो विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्ध चिनियाँ जनताको संघर्षको ८० औं विजय दिवस समारोहमा सहभागी हुन बेइजिङ पुगेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता हुने र उपराष्ट्रपतिद्वारा आयोजित विशेष रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे