
काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ । सोमबारको तुलनामा आज मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेको हो । हिजो सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो ।
यता मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे