
हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी विधेयक पेस हुने सम्भावना रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्। सो विधेयक विषयगत समितिमा छलफलपछि टुंगिएर आएको हो।
आजको बैठकमा सभामुख भुवनकुमार पाठकले विभिन्न विषयगत समिति सदस्यहरूको हेरफेर प्रस्ताव पेस गर्नेछन् भने विभिन्न निकायबाट प्राप्त पत्रहरू पनि बाचन हुने सम्भावित कार्यसूचीमा छन्।यस बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बिहन ११ बजे बोलाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे