
काठमाडौँ , २ भदौ । लामखुट्टेबाट सर्ने ‘जापानिज इन्सेफ्लाइटिस’ रोगका कारण मध्यबिन्दु नगरपालिका–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। चालु आर्थिक वर्षमा जिल्लामा चार जनामा यो रोग देखिएकोमा एकजनाको ज्यान गएको र तीन जना उपचारपछि घर फर्किएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
तीनजना सङ्क्रमित कावासोती नगरपालिकाका विभिन्न वडाका हुन्। उनीहरूको परिवारको निगरानी भइरहेको छ र पाँच जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ।
गत वर्षहरूमा पनि यस रोगको प्रभाव बढ्दो छ। आर्थिक वर्ष २०७९/८० मा सातमा संक्रमण पुष्टि हुँदा पाँच जनाको मृत्यु भएको थियो। यो वर्ष सुरु भएदेखि रोग देखिन थालेपछि जनचेतना अभियान सुरु गरिएको छ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातिको लामखुट्टेबाट सर्छ, जुन विशेषगरी धानबालीको पानीमा बस्छन्। साउनदेखि असोजसम्म बढी देखिने यो रोगले दिमागमा असर गरी ज्यानसमेत जान सक्छ। लक्षणमा ज्वरो, टाउको दुख्ने, झाडापखाला, र छारे रोग देखिन्छ। विश्वभर हरेक वर्ष ५० हजारभन्दा बढी संक्रमित हुने गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे