
रुपन्देही रुपन्देहीको भैरहवा स्थित डण्डा खोलामा दुई जना किशोरहरू पौडी खेल्दा डुबेर मरेका छन्। शनिवार साँझ सिद्धार्थनगर–९ का १४ वर्षीय प्रज्वल अर्याल र सिद्धार्थनगर–७ का १५ वर्षीय दिनेश न्यौपाने साथीहरूसँग पौडी खेल्न गएका थिए। उनीहरू मणिग्रामको शान्ति नमुना माविका कक्षा ९ का विद्यार्थी थिए।
पक्लिहवा क्याम्पस नजिकैको डण्डा खोलामा पाँच जना किशोर पौडी खेल्दै गर्दा प्रज्वल र दिनेश गहिरो पानीमा डुबे। साथीहरूले बचाउन खोजे तर असफल भए। प्रहरीले उनीहरूको मृत शव खोजेर भीम अस्पताल पुर्याएको छ। पोष्टमार्टम गरिने भएको छ।
प्रहरीले अन्य तीन साथीहरूसँग कुरा गरेर घटनाको अनुसन्धान गरिरहेको छ। यस्ता गहिरा र दलदली खोलामा नपौडी गर्न प्रहरीले चेतावनी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे