
काठमाडौँ, साउन ११ — हाल देशभर मनसुनको प्रभाव कमजोर छ र मनसुनको रेखा सामान्य स्थानमा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आकाश आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी तराईमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। मौसमको अपडेट अनुसार सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे