
काठमाडौँ — सप्तरी जिल्लाको रूपनी गाउँपालिका–३, पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर एक दलित दम्पतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ४७ वर्षीय बालेश्वर खंग सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई बचाउने प्रयास गर्दा उनकी ४५ वर्षीया पत्नी रामकुमारी खंगलाई पनि करेन्ट लागेको थियो।
दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ मृतक दम्पतीका दुई छोरा रहेका छन्। उनीहरूको शव पोस्टमार्टमका लागि राजविराज पठाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे