
काठमाडौँ, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेस क्षेत्रका सुख्खाग्रस्त ठाउँहरूको अवलोकन गरेका छन्। हालैको मन्त्रिपरिषद बैठकले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
अवलोकन भ्रमणसँगै प्रधानमन्त्री ओली महोत्तरी र बारा जिल्लामा पुगेर विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्दै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महोत्तरीको मटिहानी नगरपालिका–८ मा बनेको विग्ही नदीमाथिको पुल, वडा नं ६ मा निर्मित नयाँ प्रसूतिगृह, र जनकपुर–कुर्था–सम्सी सडकअन्तर्गत रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि, प्रधानमन्त्री ओलीले बारा जिल्लाको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको पनि उद्घाटन गर्ने छन् र त्यहाँ आयोजना हुने सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे