• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

७ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

९ घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१२ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१२ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१४ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१४ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१४ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१४ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१५ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ ३२, बुधबार (४ महिना अघि)

मेलम्चीदेखि मधेससम्म: मन्त्री यादवको एक वर्षको कामको लेखाजोखा

  • 1,937 Views
  • काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालको एक वर्ष पुरा गर्दै मन्त्रालयले नीतिगत, कूटनीतिक तथा भौतिक पूर्वाधारका दृष्टिले उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्। उनले गत वर्षको असार ३१ गते पदभार सम्हालेका थिए।

    मन्त्री यादवका अनुसार कार्यभार सम्हालेको तीन महिनाभित्रै असोज २२ गतेदेखि मेलम्चीको पानी पुनः आपूर्ति गराउँदै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ खानेपानी सेवा सुनिश्चित गरिएको छ। “यसका लागि म स्वयं मेलम्ची पुगेर जनप्रतिनिधि र संघर्ष समितिसँग संवाद गरी आपूर्तिलाई सुनिश्चित गरेँ,” उनले भने। हाल उपत्यकामा दैनिक छ करोड लिटरभन्दा बढी मेलम्ची पानी आपूर्ति भइरहेको उनले जनाएका छन्।

    खानेपानी मन्त्रालयले विगत एक वर्षमा संरचनागत सुधारमा पनि महत्वपूर्ण फड्को मारेको मन्त्री यादवको दाबी छ। काठमाडौँ बाहिर मेलम्ची पानी विस्तारका लागि पाँच प्याकेजमा खरिद प्रक्रिया थालिएको छ भने १५ वटा अस्थायी आयोजना स्थायी कार्यालयका रूपमा रूपान्तरण गरिएको छ।

    मन्त्रालयले २०७४ यता रोकिएको नेपाल खानेपानी संस्थान कर्मचारी पदपूर्ति प्रक्रिया पुनःसञ्चालनमा ल्याउँदै कर्मचारी विनियमावली २०८१ लागू गरेको छ। साथै भारत सरकारसँग द्विपक्षीय समझदारी, इसिमोडसँग प्रविधि हस्तान्तरण तथा अनुसन्धानसम्बन्धी समझदारी, र राष्ट्रसङ्घीय कार्यक्रममार्फत अन्तर्राष्ट्रिय वित्तपोषण प्रतिबद्धता प्रस्तुत गरिएको छ।

    मन्त्रालयका सचिव प्रमिला शाक्यका अनुसार झापा, पोखरा, धरान, वीरगञ्ज, बुटवल, कैलाली लगायतका सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अघि बढाइएको छ। साथै बाढी, पहिरोबाट क्षति पुगेका आयोजनाहरू पुनःसञ्चालनमा ल्याइएको छ।

    बारा, पर्सा लगायतका क्षेत्रका लागि दुई सय ५० भन्दा बढी डिप बोरिङ निर्माण गरिएको छ। वीरगञ्जको दीर्घकालीन समस्या समाधानका लागि चार अर्ब ५० करोड लागतमा एशियाली विकास बैंकको सहयोगमा आयोजना सञ्चालनमा आएको हो। तराई-मधेसका छ जिल्लाका लागि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत दीर्घकालीन पूर्वाधार निर्माण अघि बढाइएको छ।

    सहसचिव तथा योजना महाशाखा प्रमुख कमलप्रसाद श्रेष्ठका अनुसार मन्त्रालयले सेवा प्रवाहलाई सुदृढ गर्दै दीर्घकालीन प्रणाली निर्माणमा विशेष प्राथमिकता दिएको छ।

    काठमाडौँको सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको प्रशोधन केन्द्रको खरिद प्रक्रिया अघि बढाइएको छ भने धोबीघाट, सल्लाघारी, कोड्कुमा ढल प्रशोधन केन्द्र पुनःनिर्माण भइरहेको छ। कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका ट्याङ्की बनाइएको छ।

    पछिल्लो एक वर्षमा राजधानी उपत्यकामा १७०० किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ। स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्र सात सय किलोमिटर पाइप विस्तार भएको छ।

    खानेपानी तथा ढल व्यवस्थापन विभाग प्रमुख रामकुमार श्रेष्ठका अनुसार देशभर ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने संघीय सरकारले २० नयाँ आयोजना सञ्चालनमा ल्याएको छ।

    मन्त्री यादवका अनुसार देशभरका ५२५ आयोजना बाढीपहिरोले प्रभावित भएका कारण ती पुनःस्थापनाको कार्यलाई प्राथमिकता दिइएको छ। यसले करिब १५ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास मन्त्रालयले लिएको छ।

    याङ्ग्री र लार्के क्षेत्रमा मेलम्ची इन्टेक स्थान्तरका लागि परामर्शदाता छनोट प्रक्रिया चलिरहेको छ। सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको नयाँ प्रशोधन केन्द्रको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

    काठमाडौँ उपत्यका बाहिर कीर्तिपुर, पेप्सीकोला, भक्तपुर, थिमी र बौद्ध क्षेत्रमा मेलम्ची पानी आपूर्तिको ठेक्का प्रक्रिया पनि अघि बढाइएको छ। पोखरा, विराटनगर, बेलडाँगी, वीरगञ्जलगायत क्षेत्रका हजारौं जनसंख्यालाई स्वच्छ पानी आपूर्ति गरिँदैछ।

    पोखरा खानेपानी सुधार आयोजना जापानी सहयोग नियोग (जाइका) को अनुदानमा सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ। मन्त्री यादवका अनुसार आगामी वर्ष थप संरचनागत सुधार, संस्थागत स्थायित्व र प्रविधि हस्तान्तरणमा जोड दिइनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ७ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    ९ घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १२ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १२ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १४ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १४ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १४ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १४ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १५ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution