
काठमाडौं । नेपाल प्रहरीमा सेवा प्रवेश गर्न चाहने युवाहरूका लागि सुनौलो अवसर आएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी जवान पदका लागि १ हजार ८४२ जनाको नयाँ भर्ना खुला गरिएको जनाएको छ।
यसअघि प्रकाशित १ हजार १६५ पदको विज्ञापनमा थप ६७७ जना पद थप गरी बिहीबार नयाँ सूचना जारी गरिएको हो। विभागका अनुसार पद संख्या वृद्धि सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको हो।
यससँगै हजारौं युवाहरूलाई सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्।
वर्गीकृत पद विवरण:
खुला प्रतिस्पर्धा — ९९३ जना
आदिवासी/जनजाति — २६० जना
मधेसी — २२८ जना
महिला — १६२ जना
दलित — १२२ जना
पिछडिएको क्षेत्र — ४० जना
अमर/अशक्त प्रहरी परिवार — ३७ जना
नेपाल प्रहरीले योग्य उम्मेदवारहरूलाई समयमै आवेदन दिन आह्वान गरेको छ। भर्ना प्रक्रिया प्रतिस्पर्धात्मक हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे