
काठमाडौँ, जेठ २१ –काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको नयाँ प्रमुखको जिम्मेवारी एसएसपी नवराज अधिकारीले आजदेखि औपचारिक रूपमा सम्हालेका छन्।
पदभार ग्रहण समारोहका क्रममा उनले ट्राफिक सेवा नियमित रूपमा सञ्चालन गर्दै थप ऊर्जा, समर्पण र नागरिकमैत्री दृष्टिकोणसहित सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उपत्यकाभरि ट्राफिक व्यवस्थापनलाई अनुशासित, उत्तरदायी र जनउत्तरदायी बनाउने दिशामा कार्य गर्ने बताए।
सो अवसरमा ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले काठमाडौँ उपत्यकामा हाल सञ्चालनमा रहेका ट्राफिक व्यवस्थापन कार्यक्रम, रणनीति र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए।
एसएसपी अधिकारीले ट्राफिक प्रहरी संगठनलाई अझ प्रभावकारी बनाउँदै नागरिकका मनोभावनाको कदर गर्दै सेवा प्रवाहमा थप संवेदनशील हुन सबै प्रहरीलाई निर्देशन दिएका छन्। उनले शहरी ट्राफिकको जटिलता बुझेर व्यावसायिकता, सहनशीलता र तत्काल निर्णय क्षमतासहित काम गर्नुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे