• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

११ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१२ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१२ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१३ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१४ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिबार (९ महिना अघि)

विश्वप्रकाश शर्मा :सगरमाथा समिट ‘क्लोज’ मिति नजिकिँदै : अब अगाडि बढ्ने कि फर्किने ?

  • 3,861 Views
  • सोलोखुम्वु । सगरमाथा समिट सिजन मे २९ मा ‘क्लोज’ हुँदैछ । हाल समय मात्र ६ दिन बाँकी रहँदा, आरोहीहरु निर्णायक चरणमा छन् — कोही अहिले तेस्रो वा चौथो क्याम्पमा ‘क्यु’ मा छन् भने कोही सिधै समिट प्रयत्नमा छन् । चैतको दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरुमध्ये कतिपयले समिट प्रयास सुरु गरिसकेका छन् ।

    म स्वयं बैशाख २७ मा बेसक्याम्प आइपुगेको हुँ, यो सिजन ‘सेमिफाइनल’ को रूपमा अनुभव गर्ने सोचसहित । छोटो अवधि प्रशिक्षणपछि म Camp 1 हुँदै हाल Camp 2 मा छु । अबको प्रश्न हो — के म Camp 3 तर्फ सिधा अघि बढूँ ? वा रोटेसनका लागि बेसक्याम्प झरूँ ? आजको साँझ शेर्पा साथीहरूसँगको छलफलपछि निर्णय टुंगोमा पुर्याउने योजना छ ।

    रोटेसन के हो र किन महत्वपूर्ण ?

    ८००० मिटर माथिको हिमाल आरोहणमा, ६००० मिटर पार गरेपछि आरोहीलाई पुनः १५००–२००० मिटर तल फर्काएर विश्राम र उचाइमा अभ्यस्त गराउने प्रक्रियालाई ‘रोटेसन’ भनिन्छ । यसरी तल झर्दा शरीर पुनः ऊर्जा हासिल गर्छ, मानसिक तयारीसमेत हुन्छ । रोटेसनबाट फर्किएर समिट गर्ने प्रयास बढी सफल हुने देखिन्छ ।

    जस्तै, मैले बैशाख २४ मा ७२०० मिटरको Camp 3 बाट फर्किएको भारतीय सैनिक टिमलाई ४४१० मिटरको दिङ्बोचेमा विश्राम गरिरहेको भेटेको थिएँ । अहिले त्यो टिम जेठ ८ गते Camp 4 पुगिसकेको छ, सम्भवत: भोलि नै उनीहरुको समिट प्रयास हुनेछ । यसरी ४०/४२ दिन किन लाग्छ भन्ने कुरा अझ प्रस्ट भएको छ ।

    मेरो वर्तमान अवस्था र विकल्प

    शारीरिक दृष्टिले म अहिले ‘स्टेमिना’ र आत्मबलले सशक्त छु । उच्च उचाइसँग सन्तुलन राख्दै छु — न टाउको दुख्ने समस्या छ, न जिउ गल्ने । सीमित अनुभव, आधारभूत प्रशिक्षण र मनोबल सँगसँगै छ । तथापि, आरोहण सिजन छोटिँदै गइरहेकोले भोलि, जेठ ९ गते बिहानै Camp 3 तर्फ सिधै अघि बढ्ने एक सम्भावना हो ।

    तर उता, रोटेसनमार्फत बेसक्याम्प फर्कने विकल्प पनि मनोवैज्ञानिक र व्यावहारिक रूपले औचित्यपूर्ण छ । खासगरी ओर्लनुको चुनौती अझै बाँकी छ । प्रशिक्षणको क्रममा म उक्लनमा सबल ठहरिएको भए पनि अवतरणको दक्षता अपेक्षाकृत सुधार गर्न बाँकी नै छ । रोटेसनले यही पक्ष बलियो बनाउन सहयोग पुर्याउनेछ भन्ने गम्भीर सोचमा छु ।

    समिट मिति किन मे २९ ?

    सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसै सम्झनामा प्रत्येक वर्ष यो मितिलाई ‘अन्तर्राष्ट्रिय एभरेस्ट डे’ का रूपमा मनाइन्छ । यस दिनलाई समिटको अन्तिम समय मानेर ‘सिजन क्लोज’ गरिन्छ ।

    यसको पछाडि मौसमसम्बन्धी अनुभव पनि कारण हो — जेठ १५/१६ पश्चात हिमपात र हिमपहिरोको जोखिम उच्च हुने भएकाले त्यसपछि समिट प्रयास रोक्नुपर्ने हुन्छ । आरोहीहरुको ज्यानको सुरक्षाका लागि यो सीमा निर्धारण गरिनु स्वाभाविक हो ।

    अब निर्णयको घडी नजिकिएको छ — समिट सिजनको अन्तिम फड्को तर्फ सिधा अघि बढ्ने कि आत्ममूल्यांकनसहित रोटेसनमा फर्कने ? सफल आरोहण मात्र होइन, सुरक्षित अवतरण पनि लक्ष्य हो । पासाङ ल्हामुको स्मृति सम्झिँदा यो पक्ष अझ गम्भीर रूपमा महसुस हुन्छ । यसैले आजको साँझ अन्तिम छलफलपछि मात्र उपयुक्त निर्णयमा पुग्ने तयारीमा छु ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    ११ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १२ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १२ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १३ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution