
काठमाडौं , १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्दैछ। बैठकमा पार्टीद्वारा सञ्चालित ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा गरिनेछ।
यस क्रममा, विभिन्न पालिकामा खटिएका अभियन्ताहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गर्नेछन्। साथै, वर्तमान राजनीतिक अवस्था, सरकारले ल्याएको अध्यादेश तथा पार्टीको सङ्गठनात्मक कार्ययोजनासम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीतिहरू र पार्टी संगठन सुदृढीकरणका पहलहरूबारे विस्तृत समीक्षा गरिने जनाइएको छ। पार्टीको आगामी कार्यदिशा तय गर्ने सन्दर्भमा बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे