
काठमाडौँ , ६ फागुन । नेपाली बजारमा आज ( मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबारको तुलनामा आज प्रतितोला सात सय रूपैयाँ बढेको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यता, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीआज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे